Pura Samachar

भारतमा विषालु ग्यासका कारण ६ जनाको मृत्यु

प्रकाशित: January 6, 2022
पूरा समाचार

भारतमा विषालु ग्यासका कारण ६ जनाको मृत्यु

अहमदाबाद । भारतमा विषालु ग्यासका कारण ६ जनाको मृत्यु भएको छ ।

गैरकानुनी रूपमा फ्याँकिएको केमिकलका कारण उत्सर्जित विषालु ग्यासका कारण गुजरातको एउटा रङरोगन मिलका कामदारको ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि २० जनाभन्दा बढी व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ ।

गुजरातको औद्योगिक सहर सुरातमा बिहीबार बिहान ४ बजेतिर यो घटना भएको हो । कामदारहरू मिलमै भएको बेला नजिकै केही केमिकलहरू फ्याँकिएको पाइएको प्रहरी र अग्निनियन्त्रक अधिकारीले जनाएका छन् ।

एउटा ट्यांकरबाट केमिकलहरू गैरकानुनी रूपमा मिलनजिकैको खोल्सामा खन्याइएको र सम्भवतः पानीमा अर्को केमिकलसँग मिसिँदा विषालु ग्यास उत्सर्जन भएको सुरात म्युनिसिपल कर्पोरेसनका अग्निनियन्त्रक अधिकारी वसन्त परीकले बताए ।

विषालु ग्यासका कारण निसासिएका कामदारहरूले भाग्ने प्रयास गरेका थिए । अस्पताल भर्ना भएका २३ मध्ये सातजनाको अवस्था गम्भीर रहेको उनले बताए ।

यसबारेमा अनुसन्धान गरिरहेको र अहिलेसम्म कोही पक्राउ नपरेको प्रहरी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया