
डा. हरिमोहन पोखरेल
कोहिमा/भारतको अन्य ठाउँमा जस्तै नागालैंडमा पनि पंद्रह देखि अठारह वर्ष सम्मका नानीहरूलाई पहिलो खोप लगाएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभाग अनुसार आज सम्म लगभग नौ सय नानीहरूलाई पहिलो खोप लगाएका छन ।जसमा कोरिया सिल्ड र सपुतनिक खोप शामिल रहेको कुरा पनि प्रकाशमा आएको छ ।
एउटा विश्वसनीय सूत्रबाट प्राप्त समाचार अनुसार नानीहरूलाई खोप संबंधमा जानकारी गराइनुपर्ने र उनीहरूलाई धेरै भन्दा धेरै भाग लिनको लागि पनि थप जानकारी उपलब्ध गराउनुपर्ने कुरा सूत्रले जनाएको छ ।
परिवार कल्याण विभागबाट प्राप्त जानकारी अनुसार कोहिमाबाट भने लगभग दुई सय भन्दा माथि र अन्य जिल्लामा भने झीनो रूपमा नानीहरू खोप लगाउन उपस्थित भएको पनि समाचारले जनाएको खबर छ ।
हेर्दै जाऔ कहिले सम्म नानीहरू जागरूक हुने हुन र खोप लगाउने संख्यामा वृद्धि हुने हो ।त्यो त आउने भविष्य नै बताउला ।
–
प्रतिक्रिया