
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को १५औं कार्यकारिणी समितिको बैठक बस्दै छ । यसअघि बिहीबार नै बैठक हुने भनिए तापनि सो बैठक शुक्रबार बिहान ९ बजेदेखि हुने गरि सरेको एन्फाले जनाएको छ ।
बैठकमा एन्फाको निर्वाचनदेखि लिएर अन्य विभिन्न महत्वपूर्ण विषयहरुमा छलफल हुने बताइएको छ । यद्यपि बैठकका निर्णयहरु भने बैठक सम्पन्न भएपछि मात्र घोषणा गरिने एन्फा स्रोतले जनाएको छ । त्यसअघि बैठक बिहीबार दिउँसो शुरु भए तापनि शुक्रबार फेरि गर्ने गरि सारिएको थियो ।
प्रतिक्रिया