Pura Samachar

संकटा र सातदोबाटो १–१ गोलको बराबरी

प्रकाशित: January 8, 2022
पूरा समाचार

संकटा र सातदोबाटो १–१ गोलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – संकटा क्लब र सातदोबाटो युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । संकटा र सातदोबाटोले १–१ गोलको बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको नतिजा नै खेलको अन्तिम नतिजा बन्यो ।सातदोबाटोका सुशिल राईले गोल गर्दा संकटाका जया गुरुङले बराबरी गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा सुदिप गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहार संकटाका गोलक्षक राजा बावु थापाले पञ्च गर्दै बचाए । ११औं मिनेटमा फोडे फोफानाको प्रहार अभिषेक बरालले मुस्किलले बचाउँदा संकटा अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा निरज बस्नेतको फ्रिकिक गोलरक्षक अभिषेकले बार नजिक फुस्काउँदा संकटा अग्रता लिनबाट चुक्यो ।

२३औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । निरज बस्नेतको ब्याक पासमा गोलरक्षक राजाबाबु थापाले गम्भीर गल्ती गरेपछि राजाबाबुले क्लियर गरेको बल सुशिललाई लाग्दै गोलमा परिणत भएको थियो । ३०औं मिनेटमा सुदिप गुरुङको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार क्रस बारमा लाग्दै बाहिरिदा सातदोबाटो अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३२औं मिनेटमा जय गुरुङले दर्शनीय गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । दिपेश आलेमगरको पासलाई उनले झन्डै ३० यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहारमा गोलरक्षक अभिषेकले कुनै प्रतिक्रिया नै जनाउन सकेन । ३९औं मिनेटमा दीपक राज सिंह ठकुरीको प्रहारलाई गोलरक्षक राजाबाबुले अघि बढ्दै बचाए ।

५२औं मिनेटमा दीपक राज सिंहको वान भर्सेस वानको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा सातदोबाटो अग्रता दोब्बर पार्नबाट चुक्यो । ७७औं मिनेटमा मार्टिन एडेल्फे सिलो नंगाको फ्रि हेडर पोस्ट नजिकैबाट आकासिदा सातदोबाटो अग्रता लिनबाट चुक्यो । दोस्रो हाफमा संकटाले भने

बराबरीपछि अपराजित रहेको संकटा ८ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । संकटाले लिगको ड खेलमा ३ जित र ५ बराबरीको नतिजा सातदोबाटो ८ खेलबाट ९ अंक जोडर आठौं स्थानमा यथावत रहेको छ । सातदोबाटोले लिगमा २ जित, ३ बराबरी र ३ हारको नतिजा निकालेको छ ।

प्रतिक्रिया