Pura Samachar

एक खेल पोखरा र दुई खेल काठमाडौंमा खेलिने,आज तीन खेल हुने

प्रकाशित: January 8, 2022
पूरा समाचार

एक खेल पोखरा र दुई खेल काठमाडौंमा खेलिने,आज तीन खेल हुने

डिभिजन लिगः पोखराको खेलसहित आज तीन खेल
सहिद स्मारक ए डिभिजन लिगमा आज आठौं चरणका तीन खेलहरु हुँदैछन्। आजको एक खेल पोखरा र दुई खेल काठमाडौंमा खेलिनेछन्।

दिनको पहिलो खेल, लिग लिडर मच्छिन्द्र र ’रेलिगेसन जोन’को फ्रेन्ड्स क्लब बिच रहेको छ। यस् खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसोको १ः०० बजेबाट सुरु हुनेछ।

यस्तै दोस्रो खेल, दोस्रो स्थानको मनाङ मर्स्याङ्दि क्लब र रेलिगेसन जोनकै च्यासल युथ क्लब बिच रहेको छ। पोखरास्थित पोखरा रंगशालामा हुने यस् खेल दिउँसोको २ः०० बजेका लागि तय छ।

आजको अन्तिम खेल, उपाधी होडमा रहेको त्रिभुवन आर्मी फुटबल क्लब र शिर्ष चारको ढोका ढकढकाइरहेको न्युरोड टिम बिच रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको यस् खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ।

पोखराको खेलको ’Elevensports’ वेबसाईट तथा काठमाडौंका खेलको कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछन्।

प्रतिक्रिया