Pura Samachar

ओमीक्रोन भेरिएन्टको जोखीम खोप नलगाएका र पहिले संक्रमण नभएकाहरुमा बढी रहेको :डा.शेरबहादुर पुन

प्रकाशित: January 8, 2022
पूरा समाचार

ओमीक्रोन भेरिएन्टको जोखीम खोप नलगाएका र पहिले संक्रमण नभएकाहरुमा बढी रहेको :डा.शेरबहादुर पुन

सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनले ओमीक्रोन भेरिएन्टको जोखीम खोप नलगाएका र पहिले संक्रमण नभएकाहरुमा बढी रहेको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै पुनले भने ‘डेल्टा भेरियन्ट भन्दा ओमीक्रोन केहिँ कमजोर देखिन्छ । तर, खोप लगाउन बाँकी रहेका र पहिला संक्रमति हुन बाँकी रहेकाहरु यसको उच्च जोखिममा हुनुहुन्छ । त्यसैले हामीहरुमा पनि ओमीक्रन भाइरस आएको हुनसक्छ । हामीले थाहाँ नपाएर गइसकेको पनि हुन सक्छ । तर, हामीहरुबाट खोप नलगाएकाहरुसम्म त्यो भाइरस पुग्यो भने उहाँहरुलाई जोखिम हुनसक्छ । त्यसैले खोप नलगाएका व्यक्तिहरु यसबाट सतर्क हुन जरुरी छ ।’

यस्तै, उनले ओमीक्रोन तिब्र गतिमा फैलिने तर, सोहि गतिमा हराउने प्रक्षपणहरु भइरहेका बताउदै अहिलको अवस्थामा सरकारले लकडाउन गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताए । प्रस्तुत छ पत्रकार धमलासँग गरिएको कुराकानीको सम्पादित अंशः

विश्वभर ओमीक्रोन भाइरस फैलिरहेको छ, नेपालमा पनि देखिन थालेको छ । अहिले नेपालको अवस्था कस्तो छ ?
नेपालमा स्वास्थ्य मन्त्रालयको हिजोको तथ्यांकले के देखाउछ भने ओमीक्रोन हिजोआज मात्र होइन् यो केहि समय अगाडी देखि नै फैलिदो क्रममा रहेको रहेछ भन्ने देखिन्छ । झण्डै एक चौथाइमा ओमीक्रोन संक्रमित भएको पाइएको छ । यसलाई विजुलीको गतिमा फैलिन सक्ने भाइरसको रुपमा हामीले यसलाई लिने गरेका छौं । यो धेरै नै छिटो फैलिएको मैले देखेको छु । मलाई लाग्छ जसलाई ओमीक्रोन देखिएको छ उहाँहरुलाई स्वास्थ्यमा धेरै ठूलो समस्या छ जस्तो मलाई लाग्दैन् । तसर्थ यो छीटो फैलिन सक्छ भन्नेमा दुईमत रहेन तर, यो ओमीक्रोन डेल्टा भेरियन्ट भन्दा केहि कमजोर हो की भन्ने मैले पाएको छु । मैले यसो भन्दैगर्दा खोप लगाउन बाँकी रहेका र पहिला संक्रमति हुन बाँकी रहेकाहरु यसको उच्च जोखिममा हुनुहुन्छ । त्यसैले हामीहरुमा पनि ओमीक्रन भाइरस आएर थाहाँ नपाएर गइसकेको पनि हुन सक्छ । तर, हामीहरुबाट खोप नलगाएकाहरुसम्म त्यो भाइरस पुग्यो भने उहाँलाई जोखिम हुनसक्छ । हुन त सबैले यसलाई अर्को लहरको प्रक्षपण गरिसकेका छन् । तर, संक्रमतिको संख्या र अस्पताल भर्ना हुने यो दुई चिजलाई दुई फरक हिसाबमा हेर्नुपर्छ । यसलाई दुईवटा लहरमा बाड्नुपर्छ जस्तो मलाई लाग्छ । अहिलेको अवस्थालाई हेर्दा यो नेपालको समुदाय स्थरमा पुगिसकेको देखिन्छ । त्यसैले खोप लगाउनमा सरकारले तिब्रता दिनपर्यो । खोप लगाएका व्यक्तिमा यो धेरै कम देखिएको छ । विश्वभर नै यसको उतारचढाप हेर्दा यस्तो देखिएको छ । मृत्युको संख्या नबढ्नुले पनि यसलाई संकेत गर्छ ।

प्रतिक्रिया