Pura Samachar

मनाङ–मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबकाे जित

प्रकाशित: January 8, 2022
पूरा समाचार

मनाङ–मस्र्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबकाे जित

पोखरा (हाम्रो खेलकुद) – मनाङ–मस्र्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पोखरा रंगशालामा भएका आफ्ना तीनै खेल जितेको छ । आफ्ना पहलमा मनाङ तीन क्लबलाई पोखरा रंगशालामा खेल्न राजी गराएको थियो । तीन खेलमध्येको तेस्रो तथा अन्तिम खेलमा मनाङले शनिबार च्यासल युथ क्लबलाई ५–० ले हराउँदै लिग उपाधिको दाबेदारीलाई यथावत राखेको छ ।

मनाङलाई जित दिलाउन ओलावाले ओलाडिपे अफिजले ह्याट्रिक गरेका थिए । आडेलाजा सोमिडे र दीनेश राजवंशीले समान १ गोल गोल गरेका थिए । जारी लिगमा यो दोस्रो ह्याट्रिक हो । यसअघि सातदोबाटो युथ क्लबका अजयी मार्टिन्सले एपिएफ फुटबल क्लबविरुद्ध ह्याट्रिक गरेका थिए । नेपाली खेलाडीले भने जारी लिगमा ह्याट्रिक पूरा गर्न सकेका छैनन् ।

त्यसअघि शनिबार नै दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लबले पुछारको फ्रेन्ड्स क्लबलाई १–० ले हराउँदै अंकतालिकाको शीर्षस्थालाई कायम राखेको थियो । पोखरा रंगशालामा आडेलाजा सोमिडे र ओलावाले ओलाडिपे अफिजको गोलमा मनाङले रेलिगसेन क्षेत्रमा रहेको च्यासललाई हराएको हो । मनाङले च्यासलविरुद्ध पहिलो हाफमा २–० बनाएको थियो । दोस्रो हाफमा ३ गोल थप्दै टोलीले लिगमा छैटौं जित दर्ता गराएको हो ।

चौथो मिनेटमा आडेलाजा सोमिडेको गोलबाट मनाङले अग्रता लिएको हो । उनले च्यासलको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सफल भएको हो । ४३औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा ओलावालेले २ गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । त्यसअघि दीनेशले रुपेश केसीको कर्नरमा हेड गोल गर्दै टोलीको अग्रता ३–० बनाएका थिए । दीनेशको लिगमा ३ गोल पुगेको छ ।
मनाङ पोखरा रंगशालामा यसअघि नेपाल पुलिस क्लबलाई ३–१ र ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराएको थियो ।

८ खेलमा मनाङले ६ जित, १ बराबर र १ हारका साथ १९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको मछिन्द्रको २० अंक पुगेको छ । पाँचौं हार बेहोरेको पुछारबाट दोस्रो स्थानमा रहेको च्यासलको ५ अंक छ ।

प्रतिक्रिया