Pura Samachar

प्रधानमन्त्री शेरबहादुर देउवा ‘आइसोलेसन’मा

प्रकाशित: January 8, 2022
पूरा समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा ‘आइसोलेसन’मा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ‘आइसोलेसन’मा बसेका छन् । उनको भोलि पीसीआर परीक्षण गरिने भएको छ ।

गएको बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरिएको थियो । सो बैठकमा सहभागी केही नेताहरू कोरोना संक्रमित भएपछि प्रधानमन्त्री देउवा आइसोलेसनमा बसेको उनका स्वकीयसचिव भानु देउवाले बाह्रखरीलाई जानकारी दिए ।उनी सरकारी निवासमै एकान्तवासमा बसेका हुन् । भोलि पीसीआर परीक्षण गरिने र त्यसको नतिजापछि थप निर्णय लिइने भानु देउवाले बताए ।

सर्वदलीय बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संक्रमण देखिएपछि एकान्तवासमा छन्प्रधानमन्त्री देउवाले आज बिहान बालकोट पुगेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया