Pura Samachar

आगामी १५ जनवरीसम्म पार्टीको चुनावी अभियानमा कर्फ्यु जारी भएको घोषणा

प्रकाशित: January 8, 2022
पूरा समाचार

आगामी १५ जनवरीसम्म पार्टीको चुनावी अभियानमा कर्फ्यु जारी भएको घोषणा

नयाँदिल्ली- भारतका मुख्य चुनाव आयुक्त सुशील चन्द्राले आगामी १५ जनवरीसम्म पार्टीको चुनावी अभियानमा कर्फ्यु जारी भएको घोषणा गरेका छन्।

उनले शनिबार चुनाव सभा, पद यात्रा, रोड शो, साइकल तथा बाइक र्‍यालीमा प्रतिबन्ध लगाइएको जानकारी दिएका हुन्। त्यसपछि कोरोना महामारीसँग जोडिएका स्थितिलाई मध्यनजर गर्दै चुनाव आयोगले फैसला गर्नेसमेत उनले बताएका छन्।

उनले यदि उक्त प्रतिबन्धको उल्लंघन गरिएको अवस्थामा सम्बन्धित जिल्लाका प्रशासनिक अधिकारीले जिम्मा लिनुपर्ने बताएका छन्।

उत्तर प्रदेश, उत्तराखण्ड, गोवा, पञ्‍जाबलगायतका राज्यमा यही फेब्रअरी १० मा निर्वाचन हुने तयारी भइरहेको छ। तर, पछिल्लो समय कोरोना महामारी बढ्दै गएपछि निर्वाचन आयोगले कुनै पनि चुनावी गतिविधि गर्न नपाइने जानकारी गराएको हो।

प्रतिक्रिया