
डा. हरिमोहन पोखरेल
कोहिमा /भारतको सुदूर पूर्वी स्थित नागालैंड राज्य पनि कोविद महामारीले गर्दा ‘येलो एलर्ट ‘घोषित भएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार राज्यका स्वास्थ्य मंत्री एस पाङयो फोमले प्रेसलाई बताए अनुसार कोविदको महामारी बीच आएको ओमिकोरोनको भेरियंटको आशंकाले गर्दा हामीले राज्यलाई येलो एलर्ट जोनको रूपमा घोषणा गरेको हो ।
उनले अगाडि भने कि अब शैक्षिक संस्था लगायत सवारी साधनहरूमा पनि पचास प्रतिशत भन्दा धेरै यात्रुहरू यात्रा गर्न पाउने छैनन भने राती फेरि कर्फ्यु लगाइएने छ ।
एउटा विश्वसनीय सूत्रबाट प्राप्त समाचार अनुसार आज साँझ सरकारको गृह विभाग द्वारा नया एसओपी जारी गरेको छ ।जसमा नागालैंडमा आउने बाहिरको यात्रुहरू संबंधित नाकाहरूमा आरटीपीसीआर टेस्ट अनिवार्य रूपमा गर्नुपर्ने छ साथै तीन दिने कवारेनटाइन पनि बस्नुपर्ने छ ।
एसओपीले अगाडि जनायो कि कुनै पनि धार्मिक स्थलहरूमा पचास प्रतिशत भन्दा बढी उपस्थिति हुनु हुदैन भने अंतिम संस्कारमा भने केवल बीस जनाभन्दा बढी उपस्थिति हुनु हुदैन भने शैक्षिक संस्थाहरू बंद रहने छन भने पहिलो खोप लगाएको बालबालिकाहरूले मात्र प्रवेश गर्न पाउने छन भनी एसओपीले स्पष्ट पारेको छ ।
एसओपीले अगाडि बतायो कि रातीको कर्फ्यू भने राति नौ बजेबाट आरंभ हुनेछ र बिहान पाँच बजे मात्र सकिने छ ।
हेर्दै जाऔ सरकारको यो पहलकदमीले अवश्य पनि कोविदको भेरियंटलाई रोक्न सफल हुनेछ ।यो त आउने भविष्य नै बताउला ।
प्रतिक्रिया