Pura Samachar

आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने

प्रकाशित: January 9, 2022
पूरा समाचार

आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने

काठमाडौं। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आइतबार बस्ने भएको छ।

पछिल्ला दिनमा फेरी कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आगामी रणनीति तय गर्न सीडिओहरुको बैठक बस्न लागेको हो ।

संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा हिजो बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)ले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरु बैठक बस्न लागेका हुन्।

सीडीओहरुले भोली नै बैठकपछि स्वास्थ्य मन्त्रालयसँग छलफल गर्ने बताइएको छ।

सीडीओहरुको बैठकले भिडभाड क्षेत्रमा कडाई गर्ने निर्णय गर्न सक्ने बताइएको छ। साथै स्मार्ट लकडाउनको निर्णय पनि हुन सक्ने बताइएको छ।

प्रतिक्रिया