
दिल्लीको संसद भवनमा भीषण कोरोना विष्फोट भएको छ र ४०० भन्दा बढी कर्मचारीमा संक्रमण देखिएको छ । भारतमा कोरोना संक्रमण २१ प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ९ सय ८६ नयाँ सार्वजनिक भएका छन् ।अब कोरोनाले दिल्लीमा हंगामा मच्चाउन थालेको छ र अब संक्रमण संसद भवनसम्म पुगेको छ । माघ ६ र ७ मा संसदमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीको कोभिड परीक्षण गरिएको थियो, जसमा चार सयभन्दा बढीको रिपोर्ट पोजेटिभ आएको छ ।
मुलुकभर कोरोना तिब्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ९ सय ८६ नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ सङ्क्रमित आएपछि देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख ७२ हजार १६९ पुगेको छ ।
एक दिन अघि अर्थात् शुक्रबार १ लाख १७ हजार १ सयमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य विभागको तथ्यांकअनुसार पछिल्लो ११ दिनमा देशमा दैनिक २१ प्रतिशतले कोरोना संक्रमित बढेका छन् । योसँगै दिल्लीमा कोरोनाका कारण ७ जनाको मृत्यु भएको छ ।
एकै दिन तीन हजारले संक्रमित थपिएका छन् । दिल्लीमा हाल कोरोना संक्रमित सक्रिय छन् ।
प्रतिक्रिया