Pura Samachar

शीर्ष स्थानको रियल मड्रिडको सानदार जित भ्यालेन्सियालाई ४–१ पराजित

प्रकाशित: January 9, 2022
पूरा समाचार

शीर्ष स्थानको रियल मड्रिडको सानदार जित भ्यालेन्सियालाई ४–१ पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले सानदार जित निकालेको छ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले हराउँदै शीर्ष स्थानको अग्रता ९ अंकमा पुर्‍याएको हो।

रियल मड्रिडको जितमा करिम बेन्जिमा र भिनिसियस जुनियरले समान २-२ गोल गरे।

खेलको ४३ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई पहिलो हाफमा १-० को अग्रता दिलाए। उनले खेको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

खेलको ५२ औं मिनेटमा जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। खेलको ६१ औं मिनेटमा पुन जुनियरले नै गोल गर्दै रियललाई ३-० ले अघ बढाए। खेलको ७६ औं मिनेटमा भ्यालेन्सियाले गोल फर्कायो। उसका लागि गोन्कालो गुएडेसले गोल गर्दै अग्रता घटाउने प्रयास गरे। तर ८८ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा रियलले ४-१ को सानदार जित निकाल्यो।

जितपछि शीर्ष स्थानको रियल मड्रिडको २१ खेलबाट ४९ अंक भएको छ। २ खेल कम खेलेको सेभिल्ला ४१ अंकसहित दोस्रो स्थानमा छ। रियलसँग पराजित भ्यालेन्सिया २० खेलबाट २८ अंक जोड्दै नवौं स्थानमा छ।

प्रतिक्रिया