
काठमाडौं । नेपालमा पछिल्ला केही दिनदेखि कोरोना संक्रमणमा तीव्रता देखिएको छ । पछिल्लो २४ घण्टामा एकैदिन थप १ हजार १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गरिएको थियो।
आइतबार देशभर ६ हजार ७ सय ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। काठमाडौं उपत्यकामा आइतबार ६१५ जना नयाँ संक्रमित थपिएका छन्।
प्रतिक्रिया