Pura Samachar

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका दलहरुलाई चुनाव चिह्न प्रदान

प्रकाशित: January 9, 2022
पूरा समाचार

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका दलहरुलाई चुनाव चिह्न प्रदान

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ। आइतबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो।

आगामी माघ १२ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न वितरण गरिएको हो।राष्ट्रिय सभा सदस्य निर्वाचनमा सातवटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन्।

आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रूख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको हो।त्यसैगरी राप्रपालाई हलो, जनता समाजवादी पार्टी नेपाललाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको छ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आचारसंहिता, २०७२ सोमबार (२६ पुस) बाट लागू हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया