Pura Samachar

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको काेराेना परीक्षणकाे रिपोर्ट नेगेटिभ

प्रकाशित: January 10, 2022
पूरा समाचार

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको काेराेना परीक्षणकाे रिपोर्ट नेगेटिभ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको काेराेना परीक्षणकाे रिपोर्ट नेगेटिभ आएको छ ।

सञ्चार मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार कन्ट्याक ट्रेसिङमा पर्नु भएपछि आइतबार पीसीआर परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको हो ।

कन्ट्याक ट्रेसिङमा परेपछि उहाँले आइतबार बिहानैदेखि भेटघाट बन्द गर्नुभएको थियो ।

प्रवक्ता सिंहका अनुसार उहाँका चालकको पीसीआर रिपोर्ट भने पोजिटिभ आएको छ । चालकको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि मन्त्री कार्की केही दिन चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमै बस्ने प्रवक्ता सिंहको भनाइ छ।

प्रतिक्रिया