Pura Samachar

राष्ट्रियसभाकाे बैठक पुन:सर्यो माघ ३ गते बस्ने

प्रकाशित: January 10, 2022
पूरा समाचार

राष्ट्रियसभाकाे बैठक पुन:सर्यो माघ ३ गते बस्ने

काठमाडौं। राष्ट्रियसभाकाे बैठक पुन: सरेकाे छ । पुस २७ गतेका लागि बोलाइएको बैठक आइतबार सूचना सार्वजनिक गरी माघ ३ गतेका लागि सारिएकाे हाे ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम माघ ३ गतेका लागि बैठक निर्धारण गरिएको गौतमको भनाइ छ ।

यस अघिसमेत पुस २५ गते आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको थियो । शुक्रबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव गौतमले बैठक विशेष कारणबस बैठक सरेको जानकारी गराउनुभएको थियो।

यसअघि पुस २७ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक फेरि सरेर माघ ३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

प्रतिक्रिया