Pura Samachar

नेपाल पुलिस र ललितपुर क्लब ब्रिगेड ब्वाइज आमने–सामने हुँदै

प्रकाशित: January 10, 2022
पूरा समाचार

नेपाल पुलिस र ललितपुर क्लब ब्रिगेड ब्वाइज आमने–सामने हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आज आठौं चरणको अन्तिम खेल हुँदैछ। आज विभागीय क्लब, नेपाल पुलिस र ललितपुर क्लब ब्रिगेड ब्वाइज आमने–सामने हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यस् ’रेलिगेसन ब्याटल’ नेपाली समय अनुसार दिउँसोको १ः०० बजेबाट सुरु हुनेछ। खेललाई को वेबसाईट मार्फत हेर्न सकिनेछ।

हालसम्म ६ अंक बटुलेको पुलिस तालिकामा ११औं स्थानमा छ। पुलिस र रेलिगेसन क्षेत्रको दुरि मात्र १ अंकको छ। यता ब्रिगेड ५ अंकका साथ १२औं स्थानमा छ। ब्रिगेड गोल भिन्नताका आधारमा मात्रै रेलिगेसन क्षेत्रबाट जोगिएको छ।

हालको अवस्थामा दुबै टोलीलाई रेलिगेसनको दबाब रहेको छ। त्यसैले आज दुबै टोली जित निकाल्दै तालिकामा माथि चढ्ने लक्षका साथ मैदानमा उत्रनेछन्।

प्रतिक्रिया