Pura Samachar

नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई

प्रकाशित: January 10, 2022
पूरा समाचार

नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएको हो ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए । क्षत्री प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० को बैठकबाट महानिर्देशक नियुक्त भएका थिए ।

प्रतिक्रिया