काठमाडौं । कोरोना संक्रमण बढेपछि सरकारले फेरि कोरोना संक्रमणको नियन्त्रणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यविज्ञसँग परामर्श गर्दैछन् ।
प्रदेश १, २, गण्डकी प्रदेश र काठमाडौं उपत्यका पछिल्लो समय कोरोनाको उच्च जोखिममा परेका कारण सरकारले अब कोरोना नियन्त्रणबारे फेरि लकडाउनमा जाँदा कस्तो मोडालिटीमा जाने भन्ने विषयमा के गर्ने विषयमा जनस्वास्थ्यविज्ञहरुसँग छलफल गर्न लागिएको हो ।
जनस्वास्थ्यका क्षेत्रमा कार्यरत विज्ञहरूलाई मंगलबार बिहान ११ बजे बालुवाटार बोलाइएको छ ।
यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए ।
सरकारले चैत ११ गतेदेखि कोरोना नियन्त्रणको प्रयासस्वरुप जारी गरेको लकडाउन साउन ७ गते अन्त्य गरेको थियो । लकडाउन अन्त्य भएसँगै कोरोना महामारी तीव्ररुपमा वृद्धि भइरहेको छ ।
पछिल्ला १० दिनमा ११ जनाको मृत्यु भइसकेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५७ पुगेको छ भने संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।
प्रतिक्रिया