Pura Samachar

काठमाडौंमा चिसोसँगआज हल्का वर्षा भयो

प्रकाशित: January 10, 2022
पूरा समाचार

काठमाडौंमा चिसोसँगआज हल्का वर्षा भयो

काठमाडौं । काठमाडौंमा चिसोसँग आज हल्का वर्षा भएको छ । वर्षासँगै काठमाडौंका केही क्षेत्रमा असिना परेको छ । काठमाडौंको चन्द्रागिरी, मातातीर्थ क्षेत्रमा असिनासहितको वर्षा भएको छ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले अहिले वर्षा भएको मौसम विभागको भनाइ छ ।

पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले असिना पानी परेको जल तथा मौसम विभागले जनाएको
विभागकी मौसमविद् प्रतिभा मानन्धरले केही दिनदेखि मौसम खराब भएकाले देशमा विभिन्न क्षेत्रमा हिमपात र वर्षा भइरहेको जनाइन् ।

‘‘पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि मध्यम हिमपातको सम्भावना रहेको छ । यस्तै अन्य हिमाली तथा पहाडी भुभागमा सामान्य वर्षाको सम्भावना रहेको छ,” मौसमविद् मानन्धरले भनिन् ।

प्रतिक्रिया