Pura Samachar

प्रधानमन्त्री कपः आर्मी र पुलिसको विजयी सुरुवात

प्रकाशित: January 10, 2022
पूरा समाचार

प्रधानमन्त्री कपः आर्मी र पुलिसको विजयी सुरुवात

प्रधानमन्त्री कपः आर्मी र पुलिसको विजयी सुरुवात
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७८ मा समुह ’ए’ का विभागीय क्लबहरु, त्रिभुवन आर्मी र नेपाल पुलिसले विजयी सुरुवात गरेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता आर्मीले कर्णाली प्रदेश माथि ६३ रनको जित निकालेको हो। किर्तिपुरस्थित टि.यु. मैदानमा टस हारेपछि सुरुमा ब्याटिङ गर्नुपरेको आर्मीले कमजोर ब्याटिङ प्रदर्शन ग¥यो। कर्णालीले १९.१ ओभरमा ११६ रनको अवस्थामै आर्मीलाई अलआउट पारेको थियो।

आर्मीका लागि कप्तान बिनोद भण्डारीले २९, हरि चौहानले २०, रोहित पौडेल र कुसल मल्लले १०–१० रन जोडे। कर्णालीका लागि ४ ओभरमा १७ रन दिएर प्रकाश जैशीले ३, अनुज चुनाराले ३.१ ओभरमा २२ रन दिएर २ तथा दिनेश अधिकारी, रबिन्द्र शाही र राज शाहले १–१ विकेट हात पारे।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि ब्याटिङमा भने कर्णाली स्तब्ध बन्यो। अर्जुन घर्तीले १६ र कप्तान रबिन्द्र शाहीले १५ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णालीको ब्याटिङलाई धरासायी बनाउन आर्मीका तिब्र गतिका बलर जितेन्द्र मुखियाले ४ ओभरमा मात्र १५ रन खर्चेर ४ विकेट चट्काए।

३ ओभरमा १० रन बेहोरेका सुसन भारी र १.४ ओभरमा ३ रन बेहोरेका शाहब आलामको नाममा २–२ विकेट रह्यो। सोमपाल कामी र बिक्रम सोबले १–१ ब्याटरलाई पभेलियन फर्काए।

यता पुलिसले सुदूरपश्चिम प्रदेश माथि २ रनको रोमाञ्चक जित हात पारेको हो। पुलिसले पनि टस हारेर सुरुमा ब्याटिङ ग¥यो। र पनि आर्मीजस्तै खराब प्रदर्शन पनि दोहो¥यायो। २० ओभरमा ८ विकेट गुमाउँदै पुलिसले मात्र ९३ रन जोडेको थियो।

पुलिसका लागि कुशल भुर्तेलले २१, पवन सराफले २० र आरिफ सेखले १० रन जोडे। पुलिसको बलियो ब्याटिङलाई स्तब्ध पार्न सुदूरपश्चिमका नारायण जोशीले ४ ओभरमा १७ रन दिएर र आदित्य महतले ३ ओभरमा ९ विकेट दिएर ३–३ विकेट चट्काए। यस्तै सेर मल्लले २ ब्याटरलाई पभेलियन फर्काए।

तर सुदूरपश्चिमले बलिङमा जति उच्च स्तरीय प्रदर्शन ग¥यो, ब्याटिङमा त्यो दोहो¥याउन सकेन। सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले २७, नारायण जोशीले २२ र खडक बोहराले १३ रन बनाए। बाकि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पुलिसलाई संघर्षपूर्ण जित दिलाउन आरिफ शेखले अविश्वसनीय बलिङ प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र ९ रन दिएर ४ विकेट लिए। यस्तै पवन सराफ, करण केशी र दिपेन्द्र सिंह ऐरिले १–१ विकेट निकालेका थिए।

प्रतिक्रिया