
काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि तीन जना सिफारिस भएका छन्। सीईओ छनोट समितिले डा. रमेश भण्डारी, कृष्णबहादुर कार्की र डा. केशवप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो।
भण्डारी, कार्की र श्रेष्ठसहित प्रविन पन्दाक र रमेश घिमिरे सर्टलिस्टमा परेका थिए। पाँच जनाको अन्तर्वार्तापछि तीन जनाको नाम छानिएको हो। सिफारिस समितिले छनोट गरेकामध्ये एक जनालाई अर्थ मन्त्रालयले नेप्सेको सीईओ नियुक्त गर्नेछ।
यसअघिका सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका कारण राजीनामा दिएपछि नेप्सेमा सीईओ खाली भएको हो।
प्रतिक्रिया