
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) देखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने छ ।मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको छ ।
खोप कार्यक्रम सुरु नभएका स्थानमा आजदेखि खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया