
देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको र राजनीतिज्ञदेखि चलचित्र उद्योगका कलाकार समेत यसको चपेटामा परेका छन् । रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनले आफैं ट्विट गर्दै यसबारे जानकारी दिएका छन् । बिहारका मुख्यमन्त्री नितिश कुमार पनि कोरोना संक्रमित भेटिएका छन् । चिकित्सकको सल्लाहमा उनी होम आइसोलेसनमा रहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । योसँगै पछिल्लो २४ घण्टामा १.७९ लाख नयाँ मामिलाहरु आएका छन् ।
रक्षामन्त्रीले सोमबार ट्विट गर्दै भने, “आज हल्का लक्षणसहितको कोरोना पोजेटिभ देखियो। म होम क्वारेन्टाइनमा छु। मसँग सम्पर्कमा आएका सबैलाई आफुलाई आइसोलेसनमा राख्न र आफ्नो ख्याल राख्न अनुरोध गर्दछु।” योसँगै भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा पनि कोरोना संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया