Pura Samachar

माघी मेला स्थगित

प्रकाशित: January 11, 2022
पूरा समाचार

माघी मेला स्थगित

कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरू नहुने भएका छन्। माघे संक्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो।

घोराही उपमहानगरपालिका-१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका-९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दथ्यो। यो वर्ष यी दुवै स्थानमा लागि मेला नलाग्ने भएको हो।

बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले नेपाल सरकारको निर्देशनअनुसार मेला भर्न स्थगित गरिए पनि भौतिक दूरी र सुरक्षाको मापदण्ड पालना गरी पूजा गर्न पाइने बताए।

प्रतिक्रिया