
एजेन्सी – ओपनर टम लाथमको दोहोरो शतकको सहयोगमा न्युजिल्यान्डले दोस्रो टेस्ट खेलमा बंगलादेशलाई १ सय १७ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै दुई टेस्ट खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।
सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली न्युजिल्यान्डले ५२१–६ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । न्युजिल्यान्डका कप्तान तथा ओपनर टम लाथमले ३ सय ७३ बलमा ३४ चौका र २ छक्कासहित २ सय ५२ रनको दोहोरो शतकीय इनिङ खेले ।
उनको करिअरको दोस्रो दोहोरो शतक हो । डेभन कन्वेले १ सय ६६ बलमा १२ चौका र १ छक्का सहित १ सय ९ रनको शतकीय इनिङ खेले । कन्वेको टेस्ट करिअरको तेस्रो शतक हो । दोस्रो विकेटका लागि लाथम र कन्वेले २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफल बनाएका थिए ।
पहिलो विकेटका लागि लाथम र विल योंगले १ सय ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । शोरिफुल इस्लामको बलमा योंग ५४ रनमा क्याच भएका थिए । लाथमलाई मोमिनुल हकले याशिर अलीबाट क्याच गराए । कन्वे रन आउट भएका थिए । टेस्ट करिअरको अन्तिम खेल खेलका रस टेलरले २८ रनमा आउट भए । विकेटकिपर टम ब्लन्डेल ६० बलमा ८ चौकासहित ५७ रन जोडे । बंगलादेशका शोरिफु ईस्लाम र इबादोत हसनले २–२ विकेट लिए ।
बंगलादेश पहिलो इनिङमा १ सय २६ रनमा अल आउट भएको थियो । बंगलादेशका याशिर अलीले ९५ बलमा ७ चौकासहित ५५ रन बनाए । नुरुल हसनले ६२ बलमा ६ चौकासहित ४१ रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक ५ विकेट लिए । टिम साउथीले ३ र काइल जेमिसनले २ विकेट लिए ।
पहिलो इनिङमा ३ सय ९५ रनले पछि परेपछि फलोअनमा परेको बंगलादेश दोस्रो इनिङमा २ सय ७८ रनमा अल आउट भयो । बंगलादेशका लिटन दासले १ सय १४ बलमा १४ चौका र १ छक्कासहित सर्वाधिक १ सय २ रन बनाए । नुरुल हसन ३६, मोमिनुल हक ३७, नाज्मुल हसन सान्टो २९ रनमा आउ भए ।
न्युजिल्यान्डका काइल जेमिसनले ४ र निल वाग्ररले ३ विकेट लिए । पहिलो टेस्टमा बंगलादेश ८ विकेटले विजयी भएको थियो । जुन बंगलादेशको टेस्ट इतिहासमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको थियो । दुबै टेस्टमा शतक प्रहार गरेका डेभन कन्वे प्लेयर अफ द सिरिज र दोहोरो शतक प्रहार गरेका लाथम प्लेयर अफ द म्याच चुनिए
प्रतिक्रिया