Pura Samachar

प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन विभागीय टिम एपिएफ र प्रदेश २ विजयी

प्रकाशित: January 11, 2022
पूरा समाचार

प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन विभागीय टिम एपिएफ र प्रदेश २ विजयी

काठमाडाैं, पुस २७ : प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन विभागीय टिम एपिएफ र प्रदेश २ विजयी भएका छन्। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशमाथि ७ विकेटको जित निकाल्यो भने मुपानी क्रिकेट मैदानमा प्रदेश २ले गण्डकी प्रदेशलाई २ विकेटले हरायो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको बागमतीविरुद्ध एपिएफलाई जित दिलाउन युवा ब्याट्सम्यान लोकेश बमले विस्फोटक ब्याटिङ गरे। बागमतीले दिएको १२६ रनको लक्ष्य एपिएफले १८.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो ।

विस्फोटक ब्याटिङ गरेका लोकेशले २४ बलमा १० चौका १ छक्का प्रहार गर्दै ५० रन बनाए । यस्तै, अघिल्लो खेलमा अर्धशतक बनाएका प्रदीप ऐरीले ५४ बलमा नटआउट ३५ रन बनाउँदा सन्दीप जोरा १५ रनमा नटआउट रहे। बागमतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिश जिसीले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनायो । सुभास खकुरेल र इशान पाण्डेले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्र्दै राम्रो सुरुआत दिलाए पनि बागमतीले चुनौतिपूर्ण लक्ष्य दिन सकेन । उसका इशानले सर्वाधिक २९ रन बनाउँदा नन्दन यादवले २४ र सुवासले २१ रनको योगदान दिए।

बागमतीलाई कम योगफलमा रोक्ने क्रममा राष्ट्रिय टिमका बलर अभिनाश बोहराले घातक बलिङ गरे। एनले ४ आभेरमा ३२ रन खर्चेर ४ विकेट लिए । यस्तै, कलमसिंह ऐरीले २ विकेट लिए।

एपिएफको यो लागतार दोस्रो जित हो भने बागमतीको पहिलो हार । एपिएफले पहिलो खेलमा प्रदेश २ लाई २४ रनले हराएको थियो भने बागमतीले लुम्बिनी प्रदेशमाथि ४९ रनको जित निकालेको थियो ।

यसैगरी मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा प्रदेश २ विजयी भयो । उसले गण्डकी प्रदेशमाथि २ विकेटको जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दै गण्डकीले दिएको ११७ रनको लक्ष्य प्रदेश २ले १८.१ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान हासिम अन्सारीले सर्वाधिक २६ रन बनाउँदा सन्तोष कार्कीले २३, हरिशंकर साहले १७ रनको योगदान दिए। गण्डकीका कृष्ण पौडेल ३ तथा विशाल पौडेल र सुवास भण्डारीले समान २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ११६ रन मात्र बनाउन सक्यो । उसका लागि युवा ब्याट्सम्यान अर्जुन कुमालले ४१ रनको इनिङ खेलेपनि ठूलो योगफल बनाउन सकेनन् ।

यस्तै, सन्दीप क्षेत्रले २७ तथा अनिल गुरुङ र कप्तान विपिन क्षेत्रीले समान १० रन बनाए । प्रदेश २का आदिल आलमले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए भने जितेन्द्र यादव, हरिशंकर साह र विवेक यादवले समान १ विकेट लिए।

जारी प्रतियोगितामा प्रदेश २ को यो पहिलो जित हो भने गण्डकीको पहिलो हार। पहिलो खेलमा

प्रतिक्रिया