
एजेन्सी। भारतकी लोकप्रिय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मंगेशकरलाई काेराेना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरी उपचार शुरू गरिएकाे छ ।
उहाँलाई मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएकाे छ।
भारतीय सञ्चार माध्यमका अनुसार ९२ वर्षीया गायिका मंगेशकरलाई साधारण लक्षण देखिए पनि उमेरको हिसाबले अस्पतालले भर्ना गरिएको हाे।
मंगेशकरलाई आइसीयूमा राखेर उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
प्रतिक्रिया