Pura Samachar

बतास समूहले विज्ञप्ति जारी गरी गैर कानूनी काम गरेकाे भए कारबाही गर्न सरकारलाई चुनाैति

प्रकाशित: January 12, 2022
पूरा समाचार

बतास समूहले विज्ञप्ति जारी गरी गैर कानूनी काम गरेकाे भए कारबाही गर्न सरकारलाई चुनाैति

काठमाडौं । बतास समूहले विज्ञप्ति जारी गरी गैर कानूनी काम गरेकाे भए कारबाही गर्न सरकारलाई चुनाैति दिएकाे छ। सार्वजनिक रूपमा उठेका विषयहरूबारे समूहकाे आधिकारिक धारणा सार्वजनिक गर्दै आफूहरूले गैर कानुनी काम गरेको भए कारबाही गर्न सरकारलाई चुनौती दिएको हाे।

बुधवार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सो समूहले राज्यले आफूमाथि गरेको अन्याय र अपराधबारे समेत आम जनमानसलाई जानकारी गराइदिन संचारमाध्यमहरुलाई अनुरोधसमेत गरेकाे छ ।

`यस क्रममा नियम, ऐन, कानुनको कहीँ कतै उल्लङ्घन नगरिएको हामी स्पष्ट पार्न चाहन्छौं । यदि त्यस्तो भएको ठहर भएमा कानुनले तोकेको अधिकतम कारबाहीको भागिदार बन्न हामी तयार छौँ ।’ समूहले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ ।

बुँदागत रूपमा जारी विज्ञप्तिमा सहूहले आफूमाथि सञ्चार जगतले समेत अन्याय गरेकाे बताएकाे छ ।

प्रतिक्रिया