Pura Samachar

अफसपा हटाउन हाम्रो हातको कुरा होइन –मुख्यमन्त्री रियो

प्रकाशित: January 12, 2022
पूरा समाचार

अफसपा हटाउन हाम्रो हातको कुरा होइन –मुख्यमन्त्री रियो

डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंडबाट अफसपा कानून हटाउनु हाम्रो हातको कुरा होइन ।यो केन्द्र सरकारले गर्ने काम हो भन्दै मुख्यमंत्रीले पेदुचा जुबजामा आयोजित एउटा कार्यक्रममा भने ।
केकरुफेमा लोकल ग्राउंडमाको उद्घाटन गर्दै उनले मीडियालाई बताए कि केन्द्र सरकारको हातमा रहेको अफसपाको नकारात्मक पक्षको कुरा हामीले केन्द्रलाई सुझाव दिएको छ साथै केन्द्रीय गृह मंत्री र रक्षा मंत्री संग। पनि बातचीत चल्दै छ ।सकारात्मक जवाफको प्रतीक्षामा छौ भन्दै उनले भने ।
मिडियाले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने कि ओटिङ मामिलाको छानबिन सकिएको छ तर फोरेंसिक साइन्सको रिपोर्टले गर्दा प्रतीक्षामा छौ आएपछि त्यो कुरा साझा गर्ने या नगर्ने भन्ने विषयमा भने कानुनी परामर्श गरेपछि मात्र गरिने छ भन्दै उनले थपे ।
स्मरण रहोस् ग्लोबल नागा फोरम द्वारा हिजो नै डिमापुरबाट कोहिमा सम्मको शान्ति पदयात्राको आयोजना गरेको थियो र राज्यका राज्यपाल र मुख्यमन्त्रीलाई ज्ञापनपत्र चढाएको थियो ।
हेर्दै जाऔ कहिले सम्ममा नागालैंडमा अफसपा हटाउनुपर्छ भन्ने माॅग चल्ने हो ।त्यो त आउने भविष्य नै बताउला ।

प्रतिक्रिया