Pura Samachar

सिंहदरबार प्रवेश गर्न मन्त्रालयहरूबाट जारी सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज

प्रकाशित: January 12, 2022
पूरा समाचार

सिंहदरबार  प्रवेश गर्न मन्त्रालयहरूबाट जारी सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज

काठमाडौँ । सिंहदरबार परिसरभित्र प्रवेश गर्न मन्त्रालयहरूबाट जारी सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरिएको छ। 

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा बुधवार हस्ताक्षरित सूचनाअनुसार मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सबै प्रकारका स्थायी/अस्थायी पास, अस्थायी परिचयपत्र खारेज  गरिएको छ । 

सूचनामा अब उप्रान्त नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरेर सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिएर सम्बन्धित निकायबाटै जारी गर्ने बताइएको छ।

तर, सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा पहिला नै जारी भएका पास, अस्थायी परिचयपत्रहरूबाट नै प्रवेश दिइने छ। पत्रकारहरूको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिइने सूचनामा उल्लेख छ।

साथै गृह मन्त्रालयबाट सहमति प्राप्त गर्न शाखा अधिकृत गोपाल श्रेष्ठलाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया