Pura Samachar

(डिआइजी) मुकुन्दराज आचार्य नेपाल प्रहरीको प्रवक्तामा नियुक्त

प्रकाशित: January 12, 2022
पूरा समाचार

(डिआइजी) मुकुन्दराज आचार्य नेपाल प्रहरीको प्रवक्तामा नियुक्त

काठमाडौँ । प्रहरी नायब महानिरीक्षक(डिआइजी) मुकुन्दराज आचार्य नेपाल प्रहरीको प्रवक्तामा नियुक्त भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी आचार्यलाई बुधवारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।

अर्को निर्णय नहुञ्जेलका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रवक्तामा यसअघि प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर थिए। उनको महानगरीय अपराध महाशाखामा सरुवा भएसँगै प्रवक्ताको जिम्मेवारी खाली थियो।

प्रतिक्रिया