Pura Samachar

लेबनानमा शक्तिशाली विस्फोट : मृतकको संख्या ७० पुग्यो

प्रकाशित: August 5, 2020

लेबनानमा शक्तिशाली विस्फोट : मृतकको संख्या ७० पुग्यो

बेरुत । लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

लेबनानका स्वास्थ्य मन्त्रीले विष्mोटमा परी ७० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले झण्डै चार हजार मानिसहरु घाइते भएका पनि बताए ।

लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधवार राष्ट्रिय शोक दिवसको घोषणा गरेका छन् । ठूलोमात्रामा विस्फोटक सामग्री राखिएको एक गोदाममा विष्फोट भएको बताइएको छ ।

लेबनानका राष्ट्रपति माइकल इयोनले ट्विट गर्दै २७ सय ५० टन विस्फोटक नाइट्रेट असुरक्षित तरिकाले ‘स्टोर’ गरेर राखिनु अस्वीकार्य भएको बताएका छन् ।

प्रतिक्रिया