Pura Samachar

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

प्रकाशित: August 5, 2020

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

टीकापुर । कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो ।

बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । बाँकेको कोहलपुरमा उपचारपछि घर फर्केका मुटु रोगबाट ग्रसित शक्तिनगर शिविरका अगुवा मोतीराम डगौराको मृत्यु भएको थियो ।

मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि क्रिश्चियन धर्मका पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए । पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा थिए ।

प्रहरीले शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया