Pura Samachar

कोरोना संक्रमण नियन्त्रण बाहिर गए लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै सचेत र सजग हुन आग्रह : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ

प्रकाशित: January 13, 2022
पूरा समाचार

कोरोना संक्रमण नियन्त्रण बाहिर गए लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै सचेत र सजग हुन आग्रह : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ

काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले कोरोना संक्रमण नियन्त्रण बाहिर गए लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै सचेत र सजग हुन आग्रह गरेका छन् ।

हिजो राति टेलिभिजनको कार्यक्रम बोल्दै उनले लकडाउनले देशको आर्थिक अवस्था कमजोर बनाउने हुँदा स्वास्थ्य मन्त्रालयले जारी गरेका स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्न सबैमा आग्रह गरेका हुन् ।

यस्तै, सरकारले फ्रन्टलाइनमा काम गर्नेको लागि तेस्रो मात्रा खोप लगाउन तयारी थालेको जानकारी दिए ।

उनले यसअघी जस्तो अस्तव्यस्त स्थिति हुन नदिन सरकारले काम गरिरहेको समेत बताएका थिए ।

साथै, खुला सिमा–नाका भएको कारण कोरोना रोकथाममा सरकारलाई केहि समस्या भएको बताउदै उनले यसलाई रोक्न सरकारले सम्पूर्ण प्रयास गरिरहेको दाबी गरे ।

प्रतिक्रिया