Pura Samachar

विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल प्रिन्स दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको बधाई

प्रकाशित: January 13, 2022
पूरा समाचार

विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल प्रिन्स दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाको बधाई

काठमाडौं, २९ पुस । विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल प्रिन्स दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

प्रधामन्त्री देउवाले सामाजिक सञ्जालमार्फत दाहाललाई बधाई दिएका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु।’

प्रतिक्रिया