
काठमाडौं । तेस्रो लहरको सुरुवातमै काठमाडौंसहित देशभरका स्वास्थ्य संस्थामा कार्यरत ठूलो संख्यामा स्वास्थ्यकर्मी र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ ।
तीव्र गतिमा फैलिरहेको संक्रमण नियन्त्रणको प्रभावकारी पहल नभए उपचार प्रणाली नै प्रभावित हुने जोखिम पनि छ ।
काठमाडौंका ६ ठूला सरकारी अस्पतालमा मात्रै १४३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । जानकारी अनुसार टिचिङ अस्पतालमा ६५, वीर अस्पतालमा ३५, पाटन अस्पतालमा २५, टेकु अस्पताल ४, नेपाल प्रहरी अस्पतालमा १०, सशस्त्र प्रहरी अस्पतालमा ४ स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएका छन् ।
यो सँगै जिल्लाका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दै गएको देखिएको छ । दाङमा २७, भरतपुर अस्पतालमा १५, गोरखाको आँपपिपल अस्पतालमा चार, बाँकेमा चार, सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा एक, मेची अस्पताल झापामा एक, पर्सामा दुई, सिराहाको नगयनपुर अस्पतालमा चार र महोत्तरीमा दुई स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
Share this:
प्रतिक्रिया