
प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज चार खेलहरु हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत आज टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् ।
टियु मैदानमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा प्रदेश २ र बगमति प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
उता मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेशबीच र दोस्रो खेलमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।
प्रतिक्रिया