Pura Samachar

अत्याधिक गर्मीका कारण अष्ट्रेलियाको जनजीवन प्रभावित

प्रकाशित: January 14, 2022
पूरा समाचार

अत्याधिक गर्मीका कारण अष्ट्रेलियाको जनजीवन प्रभावित

काठमाडौं । अत्याधिक गर्मीका कारण अष्ट्रेलियाको जनजीवन प्रभावित भएको छ ।

दक्षिण अष्ट्रेलियामा ६० वर्षयताकै धेरै तापक्रम मापन भएको छ । मार्डी र रोबनमा ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन भएको बीबीसीले जनाएको छ ।

योभन्दा अगाडि सन् १९६२ मा पनि त्यहाँ ५० दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । पानी नपरेर तातो हावा फैलिएकाले मार्डी र रोबन सहरमा बढी तापक्रम मापन गरिएको हो ।

तापक्रम बढेपछि मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ । बाहिर निस्कन परेमा सितल छायामा बस्न र सितल झोलिलो पदार्थ खानका लागि भनिएको छ । विभिन्न ठाउँमा डढेलो फैलनुका साथै जलवायु परिवर्तनको असरका कारण गर्मी बढेको विज्ञले बताएका छन् ।

अहिले पनि मारगेट नदी आसपासको ६ हजार हेक्टर क्षेत्रफलमा रहेको जङ्गलमा डढेलो लागिरहेको छ । त्यस आसपास क्षेत्रमा पानी कम मात्रै पर्ने गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अष्ट्रेलियाको अहिलेको औसत तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया