
काठमाडौं । कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा २२५ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १५५ रनमा समेटिएपछि पुलिसले लगातार प्रतियोगितामा तेस्रो जित पाएको हो ।
कर्णालीका प्रकाश जैशीले रन आउट हुनुअघि ६८ रनको अर्धशतकीय इनिङ खेले । ४७ बलको मात्रै सामना गरेको प्रकाशले ६ चौका र ३ छक्का प्रहार गरे । दिवन पुन १७ रनमा अविजित रहँदा कप्तान रवीन्द्र शाहीले समेत १७ रन बनाए । यस्तै दिनेश अधिकारीले १५ रन बनाउँदा बिपीन रावलले १० रनको योगदान गरे ।
प्रतिक्रिया