Pura Samachar

औपचारिक रुपमा सुरु भयाे माघीपर्व थारु समुदायले नयाँ वर्षको रूप सुरु हुने

प्रकाशित: January 14, 2022
पूरा समाचार

औपचारिक रुपमा सुरु भयाे माघीपर्व थारु समुदायले नयाँ वर्षको रूप सुरु हुने

धनगढी । आज पुसको अन्तिम दिन । गाउँ–गाउँमा सुँगुर काटेपछि थारु समुदायमा माघी औपचारिक रुपमा सुरु भएको छ । थारु समुदायले नयाँ वर्षको रूपमा माघी पर्व धुमधामका साथ मनाइरहेका छन् ।

पछिल्लो समयमा माघी सम्पूर्ण नेपालीहरूको चाड भएको छ तर थारु समुदायमा माघी विशेष पर्वको रूपमा मनाइन्छ । माघ महिना लागेसँगै थारु संवत २६४४ अर्थात् थारु समुदायको नयाँ आर्थिक वर्ष सुरु हुनेछ ।

पुस मसान्तमा बंगुरको मासु खाने र रातभर जाग्राम बसी धमार गाउने तथा माघ १ गते बिहानै दह, कुण्ड, नदी, पोखरीमा सःशुल्क नुहाई घरमा राखेको चामल, मासको दाल, नुन र खुर्सानी विवाह गरिसकेका दिदीबहिनीका लागि निस्राउ (उपहार) छुट्याउने चलन थारु समुदायमा रही आएको छ ।

प्रतिक्रिया