Pura Samachar

राजधानीमा संयुक्त माॅकस ड्राइभ

प्रकाशित: पुस ३०, २०७८
पूरा समाचार

राजधानीमा संयुक्त माॅकस ड्राइभ

डा. हरिमोहन पोखरेल
कोहिमा /कोहिमा म्यूनिसिपल काउन्सिल, डिस्ट्रिक्ट टास्क फोर्स र डिस्ट्रिक्ट एडमिनिस्ट्रेसन को संयुक्त तत्वावधानमा आज राजधानी कोहिमाको विभिन्न ठाउँमा मानिसहरूलाई जागरूक गराउनको लागि एउटा माॅकस ड्राइभको आयोजना गर्दै विभिन्न ठाउँबाट लगभग सयजना भन्दा माथि नै बिना माॅकसका मानिसहरू पक्राउ गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार यिनी मानिसहरूले आफ्नो यात्राको दौरान माॅकस लगाएका थिएनन र उनीहरूबाट प्रति व्यक्ति दुइ सयको दरको रकम पनि भेला भएको बताएका छन ।
प्रेसले पाएको समाचार अनुसार संयुक्त रुपमा आयोजना गरेको यस ड्राइभले विभिन्न ठाउँमा माॅकसहरू वितरण गर्दै कोविदको बारेमा विस्तारमा बताउदै कोविदको प्रोटोकल फोलो गर्ने निर्देशन पनि गरेको बताएका छन ।उनीहरूले अगाडि भने कि कोविदको नया भेरियंट ओमिकोरोनको प्रभाव बढेकोले गर्दा मानिसहरूले अनिवार्य रूपमा माॅकस लगाउनुपर्ने कुरा पनि बताए ।
स्मरण रहोस् आजभोली राज्यको राजधानी कोहिमामा पनि कोरोनाको बढोतरी निरंतर बढी रहेको खबर छ ।यस्तो समयमा मानिसहरूलाई जागरूक गराउन खोज्नु पनि सकारात्मक कुरा हो ।

प्रतिक्रिया