Pura Samachar

माघ २ गते कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिने

प्रकाशित: January 15, 2022
पूरा समाचार

माघ २ गते कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिने

काठमाडौं– सरकारले अग्रपंक्तिमा खटिने व्यक्तिलाई माघ २ गते कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ। मन्त्रिपरिषद्को पुस २८ गतेको निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले शुक्रबार प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरूलाई २ गतेदेखि खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको हो।

महाशाखाले ६० वर्ष र माथिका नागरिकलाई माघ १४ गतेदेखि बुस्टर मात्रा लगाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। त्यसपछि ६ महिना पूरा भइसकेका नागरिकलाई बुस्टर मात्रा लगाउने व्यवस्था गरिने भएको छ।

प्रतिक्रिया