Pura Samachar

पि एम कप : खेलाडीमा कोरोना देखिएपछि प्रदेश-१ र पुलिसको खेल स्थगित

प्रकाशित: माघ १, २०७८
पूरा समाचार

पि एम कप : खेलाडीमा कोरोना देखिएपछि प्रदेश-१ र पुलिसको खेल स्थगित

खेलाडीमा कोरोना संक्रमण भएपछि काठमाडौँमा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको शनिवारको नेपाल पुलिस क्लब र प्रदेश नम्बर-१ बीचको विहान ९ बजे सुरु हुने पहिलो खेल स्थगित गरिएको छ।

क्यान श्रोतका अनुसार प्रदेश-१ को खेलाडीलाई कोरोना संक्रमण भएपछि आजको खेल स्थगित गर्ने निर्णय लिईएको हो। आज सम्पूर्ण खेलाडीहरुको कोभिड-१९ टेस्ट हुनेछ जसपछि खेलबारे नयाँ निर्णय लिईनेछ।

प्रतिक्रिया