Pura Samachar

भारतको दिल्ली प्रदेशमा रहेका कूल शैयामध्ये अहिले १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना

प्रकाशित: माघ १, २०७८
पूरा समाचार

भारतको दिल्ली प्रदेशमा रहेका कूल शैयामध्ये अहिले १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना

दिल्ली- भारतको दिल्ली प्रदेशमा रहेका कूल शैयामध्ये अहिले १५ प्रतिशत मात्रै शैयामा विरामी भर्ना भएका छन्। अरु ८५ प्रतिशत शैया खाली नै रहेकाले शैयाको अभाव हुन्छ की भनेर चिन्ता लिनु पर्ने अवस्था नरहेको अधिकारीले जनाएका छन्।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले प्रदेशभरीमा औसतमा २५ हजार नयाँ संक्रमित थपिने गरेको शुक्रबार जानकारी दिए।

उनले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरेका छन्। सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए।

त्यसैगरी २८ हजार संक्रमित थपिएको बेला दुई हजार ४२४ जना संक्रमित मात्रै अस्पताल भर्ना भएका थिए। दिल्लीका १३ हजारभन्दा बढी शैया खाली रहेको मन्त्री जैनले जानकारी दिए।

उनका अनुसार कोरोनाका कारण मृत्यु भएकामध्ये ७५ प्रतिशतले खोप नलगाएको पाइएको छ। खोप लगाएकाहरूको मृत्युदर अत्यन्त कम रहेको पनि उनले बताए। एएनआई

प्रतिक्रिया