
गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती प्रदेश जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। यस अघि नै नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी क्लब सेमीफाइनल पुगेका छन्। बागमतीले यसअघि लुम्बिनीलाई ४९ रनले तथा प्रदेश २ लाई ५ विकेटले पराजित गरेको थियो भने नेपाल एपीएफ क्लबसँग ७ विकेटले पराजित भएको थियो । यस्तै, प्रतियोगितामा हालसम्म जितविहिन गण्डकी प्रदेश भने लगातार ३ हारसहित सेमिफाइनलको दौडबाट बाहिरिएको छ। गण्डकीले प्रदेश-२ सँग २ विकेटको तथा नेपाल एपीएफ क्लबसँग २ रनको हार बेहोरेको थियो।
खेलमा १४४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो । गण्डकीको ब्याटिंगतर्फ कमल परियारले सर्वाधिक ११ रन बनाए । यस्तै, बिधान श्रेष्ठ, दिपक डुम्रे, सन्दिप छेत्री र गोबिन्द बिकले समान १० रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउँन सकेनन्।
प्रतिक्रिया