
काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको जारी संस्करणमा संकटा क्लबले पहिलो हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा संकटाले थ्रिस्टार क्लबसँग १–० गोलको हार बेहोर्दे जारी लिगमा ८ खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ।
संकटालाई जित दिलाउन थ्रिस्टारका विजय भुजेलले गोल गरे। खेलको ९० औं मिनेटमा मैदान छिरेका फरवार्ड विजयले स्टपेज टाइमको अन्तिम मिनेटमा गोल गरेर थ्रिस्टारलाई जित दिलाएका हुन्। यससँगै थ्रिस्टार चौथो स्थानमा पुगेको छ भने संकटा पाँचौ स्थानमा छ।
प्रतिक्रिया