Pura Samachar

नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध

प्रकाशित: January 16, 2022
पूरा समाचार

नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध

डा.डी.आर.उपाध्याय
नेपालको भूमि लिपुलेकमा भारतले एकपक्षीय रूपमा सडक निर्माण गरेपछि त्यसबारे चौतर्फी विरोध भइरहेको छ । नेपालका प्रमुख राजनीतिक दलहरूले औपचारिकरुपमा यसबारे आपत्ति जनाइसकेका छन् । अब सबै नेपाली जनताले देशको अस्मिता रक्षाका लागि हातमा हात मिलाएर अघि बढनु पर्ने आबश्यकता देखिएको छ । हामी नेपाली जनता नजुटे सम्म भारतको हेपाहा प्रबृति कायम रहिरहने अबस्था देखियो । देश भक्त नेपाली जनताले यो बिषयमा गम्भिरताका साथ सोचने बेला आएको छ । राजनीतिक दलहरू पनि यो सवालमा एक ठाउँमा उभिनु पर्छ । सबैले भारतीय सरकारको यो कदमको विरोध गर्नु पर्छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुले बिरोध गरिरहेका छन । त्यसै गरी नेकपा एमालेले समेत लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयलाई लिएर गम्भीर आपत्ति प्रकट गरिसकेको छ ।प्रतिपक्षी दल एमालेले लिपुलेक–लिम्पियाधुरामा सडकलगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पु¥याउने यस्ता गतिविधि तत्काल बन्दगर्न माग पनि गरेको छ । राष्ट्रियताको कुरामा सबै राजनीतिक दल एक जुट हुनु जरुरी हुन्छ । लिपुलेक–लिम्पियाधुरामा हालैका दिनमा भारत सरकारले बनाइरहेको सडक विस्तार रोक्न दिल्लीसँग नेपाल सरकारले कूटनीतिक छलफल अघि बढाउनु पर्ने आबश्यकता देखिएको छ । यतिबेला हाम्रो देशको राष्ट्रियतामा गम्भीर खालको चुनौती खडा भएको छ । भारतको हेपाहा, हैकम र अतिक्रमणकारी नीति नेपाललाई स्वीकार्य छैन । नेपाली भूमि अतिक्रमण गरेर भारतले जुन किसिमको विस्तारवादी नीति लिएको छ त्यसको हामीले डटेर बिरोध गर्नु पर्छ । भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा चीनको मानसरोवर जाने मोटरबाटो निर्माण गरिरहेको छ । नेपालको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताको रक्षा र संवद्र्धन गर्न देशभक्त नेपाली एकजुट हुनुपर्ने बेला आएको छ । सीमा अतिक्रमणको विषय कहिले बढी चर्चा हुने कहिले सेलाउने हुनुहुँदैन । नेपाल भारत बीचको सम्बन्ध राम्रो हुनु पर्छ । सम्बन्ध बिग्रन दिनु हुदैन । यसलाई कुटनीतिक माध्यमबाट समाधान खोज्नु पर्छ । नेपाली जनताको चाहाना यो पनि हो । तर भारतले नेपाल माथि हेपाहा प्रबृति त्याग्नु पर्छ । राजनीति दलहरु पनि आ आफनो अडानमा रहनु पर्छ । भारतले जे जे भन्छ त्यो त्यो गर्न छोडनु पर्छ । हाम्रो लागी सबै भन्दा ठूलो देश हो । राष्ट्रियता हो । जुन देशका नागरिकमा राष्ट्रियताको भावना जीवन्त हुन्छ, त्यो देश बलियो हुन्छ । मेलमिलाप भएको मुलुकमा नागरिक एकजुट हुन्छन ।

प्रतिक्रिया