
काठमाडौं- सरकारले (माघ २ गते )आजदेखि बुस्टर डोजको तयारी गरेको छ। कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ।
अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकलाई बुस्टर डोज दिइने विभागले जनाएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २८ को मन्त्रीस्तरीय निर्णयअनुसार माघ महिनाको पहिलो र दोस्रो हप्ता बुस्टर डोज दिइने छ।
माघ महिनाको पहिलो हप्तादेखि अग्रपंक्तिमा खटिने व्यक्तिलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्षमाथिका नागरिकलाई बुस्टर डोज दिन लागिएको हो।
पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकलाई बुस्टर डोज दिइने छ।
प्रतिक्रिया